धरान । तरहरा प्रहरीले यार्सागुम्बा सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चेकजाँचका क्रममा धरानबाट इटहरी तर्फ आउदै गरेको अटो रिक्सालाई चेक गर्दा २ जना ८ किलो २५० ग्राम यार्सा सहित पक्राउ गरेका हुन ।
यार्सागुम्बा बरामद भएसँगै ओसारपसारमा संलग्न रहेकी धरान उपमहानगरपालिका ३ की ४२ वर्षीया छजुङ्ग भोटे र अटो टेम्पो चालक धरान १९ का ४३ वर्षीय पुष्पराज राई समेतलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय तरहरा, सुनसरीमा बुझाइएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।