राजन भट्टराई ।
रामधुनी । रामधुनी नगरपालिका क्षेत्रका १ सय ७ वटा कृषि फर्महरु दर्ता भएको पाइएको छ । ९१ नीजि र २ सहकारी र १४ सामुहिक पशुपालन कृषि फर्म भएको रामधुनी नगरमा नगरको चासो कृषि उत्पादनमा जोड दिनु भन्दा पनि आसेपासे पोस्ने भएको कृषकहरुको आरोप छ ।
कुनै समय तराई मुल वासी भनिने चौधरी लगायत अन्य जातिको अश्रय स्थलको रुपमा रहेको हालको रामधुनी नगरपालिका अहिले भने मिश्रित बसोबासको स्थल हो । हिमाल पहाड र तराई अर्थात मुल बासि थारूसँगै पहाडी समुदाय पनि उत्तिकै रहेको रामधुनी नगरपालिका तत्कालीन समयमा भातगाउ सिनिवारी गाविस र सिंगिया गाविस मिलेर २०७१ सालमा रामधुनी भासि नगरपालिका भएको थियो भने नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुरुप यस नगरपालिकामा छिमेकी बक्लौरी गाविस र डुम्राहा गाविसको केही वडा समाबेश गरि रामधुनी नगरपालिका वनाइयो ।
दस वर्षे सशस्त्र जनयुद्ध पश्चात नेपालमा राजतन्त्रको अन्त्य भएर लोकतन्त्रको आगमन संगै पहाडी भेगका मानिसहरु वसाई सराइ बडेर जादा पुर्वी पहाडका भोजपुर , खोटाङ्ग, धनकुटा संखुवासभा, तेह्रथुम लगायतका जिला का मानिसहरुले रामधुनी नगरपालिका लाई केन्द्र विन्दु बनाएकाले हाल यस नगरमा ब्राह्मण ,क्षेत्री, राई लिम्बू, मगर, लगायतको बाहुल्यता बुड्दै गोईरहेको छ ।
पशुपालनमा प्रसन्त्र सम्भावना रहेपनि कृषक मैत्री वातावरण नहुँदा किसानहरु आशाको सट्टामा निरासा बोकेर हिडेको बताउँछन् । सम्भावना हुँदा हुँदै पनि सरकारी नीतिका कारण किसानहरु मारमा भएको हामीले गरेको अध्ययनले देखाएको छ ।
तराईका रैथाने मुल वासी परापूर्वकाल देखिनै कृषि पेसामा आश्रित भएको र पहाड वाट बसाई सरि आएका मानिसहरु पनि कृषि पेसा नै गर्ने भएकाले यस पालिकामा कृषकहरुको ठुलो जमात रहेको रामधुनी २ मा कृषि व्यावसाय सन्चालन गरीरहेको सन्तोष बन्जारा बताउँछन् ।
नेपालमा आज भन्दा १५ वर्ष पहिले एउटा घरमा सामान्यतया गाई भैंसी गोरु बाख्रा सुँगुर कुखुरा जस्ता आआफ्ना रुचि अनुसारका पशु पालन गरिन्थो । दैनिक जिवनयापनकालागि गरिने यस प्रकारको व्यावसाय आधुनिक युगको सुरुवात संगै पशुपालन व्यावसायीलाई पनि नयाँ रुपमा सञ्चालन गर्न थालिएको पाइन्छ ।
सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर केही योजना वनाएसंगै जीवन उपयोगी भन्दा पनि पशु पालन व्यावसायिक तवरले अगाडि बढाउनुको भिड बुड्दै गइरहेको छ ।
पुरानै शैलीमा कृषि कर्म गर्दै आएका देखि लामो समय बैदेशिक रोजगारमा गएर फर्केका सम्मको ध्यान आधुनिक तरिकाले पशुपालन तर्फ उत्साहित देखिन्छन् । कतिपय त कृषिमा सम्भावनाको खोजी गर्दै बैदेशिक रोजगारी नै त्यागेर व्यावसायमा होमिएका छन् । जसको ज्वलन्त उदाहरण रामधुनी ५ का बाबुराम ओझा पनि हुन । कुनै समय बैदेशिक रोजगारीमै गएका ओझाले व्यावसायीक गाई फाराम सन्चालन गरेर राम्रै आम्दानी गरिरहेका छन् ।
हाल रामधुनी नगरपालिकामा दुई वटा सहकारी , १४ वटा सामुहिक कृषक समूह र ९१ वटा नीजि फर्महरु गरी १०७ वटा कृषि फर्महरु संचालनमा रहेको रामधुनी पशु सेवा शाखाको तथ्यांकमा उल्लेख छ ।
२०७४ मा भएको निर्वाचन पछि स्थानीय सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने आशाले व्यावसायमा लाग्नेको भिड बढेपनि सो अनुसारको काम नभएको नेपाल व्यावसायिक बाख्रा पालन संघका पुर्व केन्द्रीय सदस्य भरत डाँगीले वताए ।
सरकारले किसानको आवश्यकतालाई नबुझी किसानको नाममा पाटीका कार्यकर्ता पोस्ने काम गर्दा किसान पेसाबाट पलायन हुनुपर्ने बाध्यता रहेको पुर्व सदस्य डागिको भनाई रहेको छ ।
रामधुनी तिनका अर्का किसन खुसियाली बहुउद्देश्यीय कृषि सहकारी संस्थाका संचालक गोविन्द बस्नेत आफू विगत पाँच वर्ष देखि व्यावसायिक रुपमा कृषि पेसामा लागेपनि अहिले सम्म सरकारको आँखामा पर्न नसकेको गुनासो गरे ।
यातायातको सेवाका लागि ४÷ ५ गाडि गिटी हालिदिन अनुरोध गर्दमपनि रामधुनी वाड नम्बर ३ को कार्यालयले गैर जिम्मेवार भएको आरोप गोविन्दको छ ।
यता सरकारले भने किसानका लागि ल्याएको विभिन्न अनुदानका कार्यक्रममा नीतिगत भ्रस्टाचार हुने गरेको आरोप लगाइन्छ ।
सरकारी बजेट नेताका कार्यकर्ता र केही सिमित घरानामा केन्द्रित हुदा किसानको समस्या जाहाकोतेहि रहेको रामधुनी ४ मा रहेको ए एण्ड वि एग्रिकल्चर का प्रोप्राइटर जंग राउत बताउँछन् ।
आगामी दिनमा स्थानीय सरकारले आवश्यक अनुसनधान गरि पकेट क्षेत्र घोषणा गरेर लगानी देखि वस्तु उत्पादन, उत्पादित बस्तुलाई भण्डारण गरि बजार व्यावस्थापन सम्म किसान संग जोडिएर काम गर्ने नीति लिएर अगाडि बढ्नुपर्ने राउतको सुझाव छ ।
आफुहरुले व्यावसायीक किसानहरुलाई फर्ममै गएर पनि आवश्यकता अनुसार सेवा दिइरहेको रामधुनी नगरपालिका पशुसेवा शाखाका सहायक पाँचौ दुर्गा प्रसाद पराजुली बताउँछन् ।अत नगरक्षेत्रमा स्थापना भएका कृषि फर्म हरुको लगत संकलन गरेर सक्रिय रुपमा काम गरिरहेका किसानलाई प्रोत्साहन हुने गरी काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।
(रामधुनी नगरपालिकाको सहयोग तथा फोनिज सुनसरीको आयोजनामा भएको लेखवृती कार्यक्रम अन्तर्गतको रिपोर्ट )