रामधुनी ५ को कोभिड अस्पतालमा अव ल्याव र फिजियो थेरापी पनि सन्चालन हुने

झुम्का । कोभिड अस्पतालबाट आधारभुत स्वास्थ्य केन्द्रको रुपमा सन्चालनमा आएको रामधुनी ५ मा अव ल्याव सेवा र फिजियोथेरापी समेत सुरु हुने भएको छ ।

ल्याव र फिजियो थेरापिको लागि काम अन्तिम चरणमा रहेको र यसै असार अन्तिम सम्ममा शुरुवात गर्ने तयारी भइरहेको रामधुनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए ।

रामधुनी नगरपालिका भरीकै मेडिकल अफिसर सहित भएको एउटै आधारभुत स्वास्थ्य केन्द्रमा ल्याव र फिजियोथेरापी का लागि आवश्यक जनशक्ति समेत रहेकाले आफुहरु सेवाको लागि तयार रहेको डा. सैयम कोइराला बताउँछन् ।

स्वास्थ्य बीमाको रेफर सेन्टरका रुपमा समेत विकास गर्न लागिएको उक्त स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत सहित ७ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

स्वास्थ्य बीमाको रेफर सेन्टर पाउनका लागि संघीय सरकारबाट अनुमति आउने क्रममा रहेकाले कहिलेबाट सुरु गर्ने भन्ने यकिन नभएपनि ल्याव र फिजियोथेरापी का लागि भने आवश्यक सामाग्री खरिद गरिसकिएको नगर स्वास्थ्य शाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.