कोशी प्रदेशको पहिलो पटक इटहरीमा भोली देखि योग प्रतियोगिता

इटहरी । स्वस्थ्य जीवनको आधार योगलाई प्रतियोगितात्मक रुपमा कोशी प्रदेशकै पहिलो पटक ल्याउन लागिएको छ ।

नेपाल योग खेलकुद संघको आयोजना तथा प्रदेश योग खेलकुद संघ कोशी प्रदेशको संयोजनमा हुन लागेको प्रथम कोशी प्रदेश स्तरिय योग प्रतियोगिता भोली असार ९ र १० गते इटहरीको दुर्गा पार्टी प्यालेसमा हुन लागेको हो ।

शुक्रबार इटहरीको चिया चौतारीमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश योग खेलकुद संघ कोशी प्रदेशका इन्चार्ज कैलाश कुमार विष्टले कोशी प्रदेशका ७ जिल्लाबाट ११० भन्दा बढी खेलाडीको सहभागिता रहने बताए ।

१२ बर्ष भन्दा मुनि, १८ बर्ष भन्दा मुनि ३५ बर्ष भन्दा मुनि र ३५ बर्ष भन्दा माथि गरी ४ उमेर समुहमा हुने प्रतियोगितामा हरेक विद्यामा प्रथमm द्धितीय र तृतीय हुने खेलाडीलाई पुरस्कार प्रदान गरिने बताइएको छ भने प्रतियोगीता अवधिमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मिस्टर योगी र मिस्टर योगिनीको उपाधि सहित नगर ५ हजारका दरले महिला र पुरुषलाई पुरस्कृत गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल योग खेलकुद संघका कार्यलय सचिव पर्शुराम आचार्यले केशव कुमार विष्ट राखेपको सदस्य सचिव रहँदा का बखत योग खेलकुदलाई मान्यता दिएर दर्ता गरिदिएको र त्यस पछि नेपालमा विस्तारै विस्तार गर्दै लगिएको बताए ।

प्राकृतिक चिकित्सा विज्ञ डा. सग्राम पुरीले नेपालले यस अघि नै २ वटा अन्त राष्टिय योग खेलमा सहभागिता जनाइसकेको बताए । योग खेलकुद संघका प्राविधिक कमिटी इन्चार्ज समेत रहेका पुरीले योग खेललाई विद्यालय तहबाटै विस्तार गर्दै लैजानुपर्ने बताउँदै प्रत्येक जिल्लाका सामुदायिक विद्यालयमा योग खेललाई बुझाउँदै लैजानुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.