इटहरी । कोशी प्रदेशमै पहिलो पटक अन्तराष्टिय होटल कम्पनीको व्यवस्थापनमा नयाँ होटल सन्चालनमा आउने भएको छ ।
व्यावसायी देशबन्धु बस्नेतको लगानीमा निर्माणाधिन होटलको व्ववस्थापन अन्तराष्टिय होटल कम्पनी रमदा ले लिने भएको हो । यस सम्बन्धि सम्झौता हालै दिल्लिमा गरिएको छ ।
विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ को मातृ कम्पनि विंडहाम होटलस् एण्ड रिसोर्टले इटहरी ९ मा निर्माणाधिन पाँच तारे होटलको व्यवस्थापन हेर्ने सम्झौता दिल्लीमा गरिएको छ ।
सम्झौतापछि बोल्दै बस्नेतले नेपाल, त्यसमाथि पनि पुर्वी नेपालको पर्यटन प्रबद्र्धन र होटल व्यवशायको प्रबद्र्धनमा नयाँ खुड्किलो भएको बताएका छन् ।
उनले रमडा ब्राण्डसँग आफ्नो होटललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले विंडहाम होटेल्स कम्पनिसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने बताएका थिए ।
कुल ८ तलामा निर्माणधिन होटलमा ८० वटा कोठा रहने छन् भने रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुल आदि सेवा रहनेछन् । होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागिसमेत कोठाहरु व्यवस्थापन गरिने बताइएको छ । होटल आगामी बर्षबाट सन्चालनमा ल्याउने तयारी भइरहेको निर्माता कम्पनीले बताएको छ ।