नयाँ पुस्तालाई थारु संस्कृती सिकाउन १५ दिने कला प्रशिक्षण सकियो ।

झुम्का ।  थारु जातिको पौराणिक कला तथा संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रम स्वरुप रामधुनीको झुम्कामा युवा पुस्तालाई १५ दिने तालिम प्रदान गरिएको छ ।

थारुहरुको पौराणिक धुम्रानाच झाइल,मिर्दगं बिर्सिन चाचैरगीतको प्रशिक्षण नयाँ पुस्तालाई गराइएको हो । सौनधामी ग्रामथान व्यावस्थापन समिति रामधुनी ३ को आयोजना तथा द राइजिङ म्युजिकल एण्ड डान्स क्रु को सह आयोजना भएको १५ दिने प्रशिक्षणमा रामधुनी नगरपालिका, इटहरी उपमहानगरपालिका, साथै रामधुनीका वडा नम्बर २,३,४, ८ र ९ ले सहयोग गरेका थिए भने घुँगी बगिया थारु भिलेजले समेत कार्यक्रम आयोजनामा सहयोग पुर्याएको आयोजकले बताएका छन् ।

थारु कला तथा संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रममा झुम्का उद्योग वाणिज्य संघ, थारु कल्याणकारिणी सभा रामधुनी तथा थारु पौराणिक जगेर्ना समुह डुमरिया ले समेत सहयोग गरेका थिए ।

बिहिबार भएको समापन कार्यक्रममा रामधुनी वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम चौधरीले थारुको कला र संस्कृतिलाई मर्न नदिन नयाँ पुस्तालाई निरन्तर हस्तान्त्रण गर्नुपर्ने र आयोजकले गरेको काम प्रोत्साहन योग्य रहेको बताए ।

समापन कार्यक्रममा उद्योग वाणिज्य संघ झुम्काका अध्यक्ष नविन चौधरी, थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिका सभापति राजकुमार चौधरी, पत्रकार धीरेन्द्र चौधरी, प्रशिक्षार्थीको तर्फबाट सिता थरुनी लगायतले आफ्नो मन्तव्य व्यक्त गरेको थिए ।

थारु कला संस्कृतिको संरक्षणमा सहयोग गरेको भन्दै संस्थाले केहि व्यक्तित्वलाई सम्मान समेत गरेको थियो । कार्यक्रम पत्रकार सुनिल चौधरीले सन्चालन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.