सुन्दरहरैँचामा पुल मुनि भेटियो बुलेट मोटरसाइकल र एक पुरुषको शव

इटहरी ।  सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारीस्थित भित्री पक्की सडकखण्डमा रहेको पुल मुनि एउटा बुलेट मोटरसाइकल र शव फेला परेको छ ।

राती दुर्घटना भएको आशंका गरेको प्रहरीले पुल मुनि प्र १–०२–०५० प ८०८४ नम्बरको बुलेट मोटरसाइकल र एउटा शव फेला पारेको हो । मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी अनुमान छ । मोटरसाइकल नजिकै रहेको शव सुन्दरहरैँचा ५ का अन्दाजी ४५ वर्षीय शिवनाथ आचार्यको रहेको बताइएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान साढे ५ बजेतिर स्थानीयले मोटरसाइकलसहित नालीमा खसेको देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको हुनसक्ने खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.