विश्व संगीत दिवसमा आरम्भमा प्रतिध्वनि ब्याण्डको धमका, अमनले दिए भरपुर मनोरन्जन

झुम्का । विश्व संगीत दिवसको अवसरमा रामधुनी ५ मा रहेको आरम्भ विद्या मन्दिरमा प्रतिध्वनि व्याण्डले धमकेदार सांगीतिक प्रस्तुती गरेको छ

प्रतिध्वनि व्याण्डका त्रिशन राईको सिमका साथै अमन अधिकारीको विट बक्सिङको प्रस्तुती कार्यक्रम अबधिभर वाह वाही बनिरहे । त्रिशन राई र प्रतिध्वनि व्याण्डले रेशम ……बोलको गीत गाइरहँदा वाहा वाही र वान्स मोर ले अर्को पटक गाउने बाचा गर्न त्रिशनलाई बाध्य बनाएको थियो भने मनोरञ्जनले भरिएको संगीतलाई दर्शक र विद्यार्थीको मन तान्न सफल भएको थियो ।

अमन अधिकारीको विट बक्सिङ त विद्यार्थी र अभिभावकको मन सम्म पुगेको भान हुन्थ्यो । आफ्नो प्रस्तुती सकेका अमनलाई अटोग्राफ लिने विद्यार्थीको भिड हेर्न लायक समेत थियो ।

विश्व संगीत दिवसको अवसर पारेर विद्यार्थीलाई कितावको भन्दा बाहिरी ज्ञान दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका एकेडेमिक डाइरेक्टर हरी रायमाझीले बताए ।

कार्यक्रममा आरम्भ विद्या मन्दिरमा कक्षा ५, कक्षा ६,७ र ८, कक्षा ९ साथै विद्यार्थी रिकेश न्यौपाने, मा अध्ययनरत विद्यार्थीहरुले समेत आफ्नो प्रस्तुती रोखका थिए ।

विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिका लागि यस्तो कार्यक्रम ल्याइएको आरम्भका प्रद्यानाध्यापक विमल बराल बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.