इटहरी । अविरल बर्षापछि आएको बाढीका कारण संखुवासभाको सुपर हेवाखोला जलविद्युत आयोजनामा काम गर्ने १७ जना सहित २२ जना वेपत्ता भएका छन् ।
वेपत्ता सबैको पहिचान खुलेको प्रहरीले बताएको छ । संखुवासभा प्रहरीले जानकारी दिए अनुसार शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता हुन ।
वेपत्ता हुनेमा सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सुनसरीका सन्तोष ढकाल , चैनपुर नगररपालिकाका भुवनसिंह तामाङ , संखुवासभाका सुवास राई झापाका फैजबहादुर कार्की ,धनकुटाका , गणेश गिरी , इलामका राजकुमार मगर झापाका , मीना श्रेष्ठ कैलालीका रामजतन थारु वर्दियाका, राहुल थारु , रोहित थारु ,पुलसन थारु , कालीराम थारु , राजराम थारु , यस्तै कैलालीका सुगत थारु , अमर थारु , सीता थारु र संखुवासभाका दीपक मगर रहेका छन् ।
त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।