रामधुनीका जम्मै वडामा गठन भए टोल विकास संस्था, नयाँ कार्यविधि लागु

झुम्का । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेटे बमोजिम रामधुनी नगरपालिकाले टोल विकास संस्था गठन हुन बाँकि ४ वटा वडामा थप ८२ वटा टोल विकास गठन गरेको छ ।


वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म टोल विकास संस्था भएपनि वडा नम्बर ६ देखि ९ सम्म टोल विकास संस्था गठन भएका थिएनन।
टोल विकास संस्था नहुना योजना तर्जुमा तथा सुझाव संकलन तथा विकास निर्माणको सहभागितामा प्रभाव परेको भन्दै गत बर्षको नीति तथा कार्यक्रममै बाँकि रहेका वडामा टोल विकास संस्थाको गठन गर्ने घोषणा गरेको थियो ।


योजना अनुरुप वडा नम्बर ६ मा २४ वटा, वडा नम्बर ७ मा २७ वटा, वडा नम्बर ९ मा १६ वटा र वडा नम्बर ८ मा १५ वटा टोल विकास संस्था गठन भएको रामधुनी नगरपालिकाका विपत व्यवस्थापन शाखाका प्रमुख रविन कुमार ठाकुरले जानकारी दिए । नगरको वडा नम्बर १ देखि ५ सम्म ११३ वटा टोल विकास रहेकोमा अहिले ४ वटा वडामा ८२ वटा टोल विकास थप भएका हुन ।

यसै बिच नगरले चालु आर्थिक बर्षमा टोल विकास संस्था सन्चालन कार्यविधि बनाएर नयाँ विधान सहित सन्चालन गरिएको समेत ठाकुरले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.