इटहरी । रामधुनी नगरपालिका वडा नम्बर १ मा चलिहरेको रामधुनी महोत्सवमा आज मोडल अन्जुु कुर्मीको प्रस्तुती रहने भएको छ ।
आयोजक रामधुनी युवा क्लवले आज चर्चित गायिका तथा मोडल अन्जु कुस्मीले प्रथम रामधुनी महोत्सवमा आफनो चर्चित गीतहरुको प्रस्तुती राख्ने बताएको छ । थारु, भोजपुरी भाषाको गीत निर्माता तथा गायिका अन्जुु कुस्मीले रामधुनी महोत्सव धमाकेदार बनाउँने विश्वास आयोजकको छ । पछिल्लो समयमा थारु र भोजपुरी भाषा समायोजनगरी दर्शक माझ ल्याएको गीत ‘पतलि कमरिया मोरे हाय हाय‘।’,बाट चर्चा पाउँदै गायिका कुस्मीको महोत्सव स्टेजमा क्रेज बढेको पाइनछ ।
गायिका कुस्मीकोे चर्चित गीत ‘पतलि कमरिया मोरे हाय हाय, जालीदार मोर चोलीया,फुुलकुमारी जवानी,लगायतका थारु साँस्कृतिक झल्किने गीतहरु चर्चामा छन् । महोत्सव रामधुनी नगरपालिका १ नं। वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्टको रहेको छ । असार ५ गते सम्म रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ ।