जनप्रतिनिधिलाई थाहै नदिई सुटुक्क कर्मचारीले काम गरेको आारोप

राजन भट्टराई ।
झुम्का । रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले कर्मचारीहरुले जनप्रतिनिधिलाई थाहै नदिई बिभिन्न परियोजनाको काम गरिरहेको बताउँदै आगामी दिनमा यस्तो नगर्न कर्मचारीलाई आग्रह गरेकी छन् ।

बुधबार रामधुनी नगरपालिका कार्यलयमा दिगो तथा सम्मानित रोजगारको लागि सीप परियोजना इन्स्योरले आयोजना गरेको एक दिवशिय अन्तरक्रिया कार्यक्रम मा बोल्दै उपमेयर थापाले यस्तो आग्रह गरेकी हुन ।

इन्स्योरले सम्बन्धित निकायका सरोकारवाला वीच समन्वय गरेर गाउँ घरमा छरिएर रहेका बेरोजगार युवालाई सीप दिएर स्वरोजगार बनाउने उदेश्यले गत वर्ष देखिनै रामधुनी नगरपालिकाको आयोजनामा विभिन्न जनचेतनामूलक कार्यक्रम तथा वैदेशिक रेजगारीबाट फर्किएकालाई आवश्यक सीप सिकाई देशमै स्वरोजगार वनाउन तथा वैदेशिक रोजगारिमा जादापनि दक्ष जनशक्ति पठाउने उदेश्यले उनिहरुको इछा अनुरुपका तालिम दिन तथ्यांक संकलन जस्ता कामहरु गर्दै आईरहेको बताइरहँदा उपमेयरले भने यस्तो कामहरुको जानकारी जनप्रतिनिधिलाई नभएको बताइन ।

कार्यक्रममा रामधुनी नगरपालिका मेयर शंकरलाल चौधरी, उपप्रमुख तारा थापा रामधुनी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष वडा सदस्यहरु कार्यपालिका सदस्यहरु नगरका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नवीन चौधरी , सचिव लेखनाथ गेलाल ईन्स्योर संस्थाका प्रतिनिधि हेल्वटास नेपालका प्रतिनिधि लगायतका उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.