झुम्का । रामधुनी नगरपालिका वडा नम्बर ५ झुम्कामा सन्चालन भइरहेको वडा स्तरिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर ६ र ७ को सयुक्त टोलि प्रवेश गरेको छ ।
मंगलबार बिहान भएको रामधुनी ए सँगको खेलमा ९ विकेटले जित्दै वडा नम्बर ६ र ७ को सयुक्त टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।
रामधुनी ए ६३ रनमै अलआउट हुँदा सयुक्त टोली सेमिफाइनल पुग्ने मौका पायो । खेलको म्यान अफ द म्याच प्रविन गिरी घोषित भए । गिरीले ५ विकेट लिएका थिए ।