महिला भलिवलमा आर्मीले लुम्बिनिलाई हरायो

इटहरी । प्रादेशिक रंगशाला इटहरीमा सोमबारबाट सुरु भएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितमा आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकाल्दै सेमिफाइनलमा पुग्ने आशा जिवीत बनाएको छ ।

पहिलो खेलमा नेपाल पुलिस क्लवसँग पराजित बनेको आर्मी सोमबार बिहान भएको खेलमा लुम्बिनि प्रदेशलाई सोझो सेटमा हराउँदै सेमिफाइनल जाने संभावनालाई जीवित राखेको हो ।आजको खेलमा आर्मीले लुम्बिनीलाई २५–१२, २५–१९ र २५–१८ को सेटमा हराएर पुलिससँग अंक बराबर बनाएको छ ।

आज साँझ हुने पुलिस र लुम्बिनी प्रदेशबीचको खेलले समूह बी बाट सेमिफाइनल प्रवेशको छिनोफानो गर्नेछ । दुई खेल खेलेको आर्मीको ३ अंक छ भने समान एकएक खेल खेलेका पुलिसको ३ र लुम्बिनी अंकविहीन छ ।

\
आज साँझ हुने अर्को खेलमा आयोजक कोशी प्रदेश र वाग्मती प्रदेशको प्रतिस्पर्धा हुँदै छ । खेलको विजेता टोली सेमिफाइनलमा जाने छ भने आर्मीले सेमिफाइनल जान अर्को खेल निर्णायक बन्ने छ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला इटहरीमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.