रामधुनी महोत्सवमा सोमबार ज्योती मगरको धूम, आज मनोज गजुरेल आउने

झुम्का । रामधुनीको झुम्कामा जारी रामधुनी महोत्सवमा आज हास्य कलाकार मनोज गजुरेल आउने भएका छन् ।

हावाहुरी र वर्षाका कारण आइतबारको प्रस्तुतिमा अवरोध भएपछि सोमबार गायिका ज्योती मगरले प्रस्तुती दिएकी थिइन ।
ज्याती मगरको प्रस्तुती हेर्न टिकट काटेर जाने दर्शक आइतबार त्यत्तिकै फर्किएका थिए ।तीनै दर्शकलाई निरास नपार्न आइतबारकै टिकटमा सोमबार साँझ ८ बजेसम्म निशुल्क प्रवेश दिइएको थियो । सोमबार ज्याती मगरको प्रस्तुती हेर्ने दर्शकको राम्रो भिड जम्मा भयो ।

आइतबारबाट आएको मौसम सुधारको साथ ज्योती मगरले पाएकी थिइन । मंगलबारको प्रस्तुती हास्य कलाकार मनोज गजुरेलको रहने आयोजक रामधुनी युवा क्लवले जनाएको छ । जेष्ठ १९ गतेबाट चलेको महोत्सव असार ५ गतेसम्म चल्ने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.