प्रकाश बन्जारा
इटहरी । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ ।
प्रतियोगिताको कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारीले उद्घाटन गरेका छन् । सुनसरी जिल्ला भलिबल संघको संयोजनमा हुदैँ गरेको भलिबल प्रतियोगितामा आयोजक सहित ६ वटा टिमको सहभागिता रहेको छ ।
नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरीको भलिबल टिमका साथै बाग्मती र लुम्बिनी खेलकुद परिषदले सहभागिता जनाएका छन् ।उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले भलिबल नेपालको राष्ट्रिय खेल भएकाले पनि यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका थिए । प्रदेशको खेलकुद चलायमान बनाउन महत्पूर्ण भुमिका खेलेका बाग्ले भलिबल व्याक्ग्राउण्डबाट आएका व्यक्ति हुन ।