रामधुनी वडा स्तरिय क्रिकेट- तेस्रो खेलमा वडा नम्बर ५ बिजयी

झुम्का । रामधुनीको झुम्कामा जारी दोस्रो वडा स्तरिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा वडा नम्बर ५ बिजयी बनेको छ । वडा नम्बर ४ लाई ८९ रनले पराजीत गर्दै वडा नम्बर ५ विजेता बनेको हो ।

टस जितेर ब्याटिङ गरेको वडा नम्बर ५ ले १७१ रनको विशाल तार्गेट दिएको थियो तर वडा नम्बर ४ ले ८१ रन ल्याउँदै अल आउट भएपछि ५ ले खेलमा जित हासिल गर्यो । यस अघि वडा नम्बर ५ वडा नम्बर १ सँग पराजित भएको थियो ।
सोमबारको खेलको म्यान अफ द म्याच वडा नम्बर ५ का खेलाडी विश्वास पौडेल घोषित भए । पौडेलले ३० रन जोड्दै २ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.