हावासँगको पानीले रामधुनी महोत्सवको झण्डै दश लाख बराबरको क्षति

रामधुनी । राम धुनीको झुम्कामा सन्चालन भइरहेको रामधुनी महोत्सवमा आइतबारको पानी र हावाहुरीले झण्डै दश लाख रुपैँया बराबरको क्षति भएको आयोजकले बताएको छ ।


जेष्ठ १९ गतेदेखि झुम्काको बुधबारे हटिया नजिकै शुरु भएको महोत्सवमा आइतबार गायिका ज्योति मगरको प्रस्तुती रहेकोमा पानी र हावाहुरीका कारण स्थगित भएको थियो । गायिका मगर स्टेजमा चढ्दै गर्दा पानी पर्न थालेपछि आइतबारको कार्यक्रम स्थगित गरिएको हो ।

हावाहुरी र पानीका कारण निर्माण गरेर राखिएका स्टलहरु ढलेका थिए भने स्टेज समेत बिग्रिएको थियो । घेरा बेराको लागि राखिएको टिन र खानाहरू राखिएको स्टलमा समेत क्षति पुगेको आयोजक रामधुनी युवा क्लवका कोषाध्यक्ष लेखनाथ खतिवडाले जानकारी दिए । स्टेज, घेरा बेराको टिन र स्टलका लागि बनाइएको संरचना गरेर करिव दश लाखको क्षति आंकलन गरिएको खतिवडाले बेष्ट सञ्चारलाई जानकारी दिए ।

आइतबारको प्रस्तुती प्रभावित भएपछि सोमबार समेत गायिका ज्योती मगरले मनोरन्जन प्रदान गर्ने भएकी छन् । महोत्सव असार ५ गतेसम्म चल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.