इटहरीको तालतलैया फुटबल क्लबले आगामी ३२ गतेदेखि तालतलैया च्यालेन्ज कप २०८० को आयोजना गर्ने भएको छ ।
आयोजकले सोमबार आपगछिमा पत्रकार सम्मेलनको आयोजना गदै फुटबल प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
विभिन्न साना प्रतियोगिता सन्चालन गरिसकेको क्लबले यो स्तरको प्रतियोगिता भने पहिलो पटक सन्चालन गर्न लागेको हो।
प्रतियोगितामा झापा मोरङ , सुनसरी र उदयपुरका १० टिमको सहभागीता रहने प्रतियोगिता सयोजक सुरेन्द्र राइले बताए।असार ९ गते सम्म सन्चालन हुने फुटबल प्रतियोगिता इटहरी २ स्थित बूढासुब्बा खेल मैदानमा हुने र मुख्य प्रायोजकमा एफ एस वर्कर एजेन्सी रहेको क्लबका सचिब रोशन भुजेलले बताए ।
खेलको विजेताले एकाउन्न हजार, उपविजेताले ३१ हजार पुरस्कार पाउने साथै हरेक बिधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको ब्यबस्था गरिएको क्लबका अध्यक्ष शंकर राइले बताए । खेललाई इटहरी उपमहानगर, वडा नम्बर २ साथै विभिन्न संघ संस्थाले सहयोग गरेको आयोजकले बताएका छन ।