कुखुरा पालनबाट मासिक ६ लाख आम्दानी

रामधुनी ।रामधुनी नगरपालिका वडा नम्बर ५ का जिवन लुइँटेल र भिम लुइँटेल दाजुभाई हुन । खोटाङ्ग जिल्लाको तत्कालिन साउनेचौर गाविस वडा नम्बर ९ मा जन्मेर बिभिन्न कालखण्डमा बिभिन्न स्थानमा बस्दै आएका यी लुईंटेल दाजुभाई सामान्य परिवारका हुन ।

बढ्दो उमेरसँगै शसस्त्र जनयुद्धका बेला साथीसंगी जनयुद्धका सिपाही बनेर हत्केलामा ज्यान र काँधमा बन्दुक बोकेर हिडिरहेका वेला लुइँटेल दाजुभाइले देखावटीलाई वेवास्ता गर्दै सुनौलो भविश्य खोज्दै बैदेशिक यात्राको बाटो तय गरे । यो समय देशको राजनैतिक अवस्थाले चटक्कै देश छोडेर पराई देश जाने परिस्थिति नभएता पनि आफ्नो बाध्यताले देश छाड्न बाध्य भएका यी दाजुभाई कहाँ जाने के गर्ने , के खाने जस्ता सामान्य कुराले पनि मुटुको धड्कन बढिरहन्थ्यो ।

केहि समय मलेसिया र केहि समय दुवईमा कमाएपपिछ देशमै केहि गर्नुपर्छ भन्ने सोच आयो हुन त विदेशमा कमाउने भनेको छोटो समय मात्रै हो यी दाजुभाइले पनि त्यस्तै गरे लामो समय आफ्नो उर्जासित उमेर विदेशलाई दिएनन् बरु देशमै सम्भावनाको खोजी गर्ने निर्णय गरे ।


नेपाल उत्पादन मुलक क्षेत्रमा अत्यन्तै पछि पर्दै आएको अवस्थामा नेपालीको माटो र रगतसँग जोडिएको पेशा व्यावसाय कृषि भएका कारण उनीहरुले परम्परागत पेशालाई छोडेर आधुनिक तरिकाले व्यावसायीक पशुपालन व्यवसायलाई अंगाल्ने निधो गरे । बैदेशिक रोजगारीमा कमाएर खरिद गरिएको जग्गा र त्यहि जग्गामा केहि लगानी गरी व्यावसायीक तर्फ लाग्ने योजनाका साथ पशुपालनका लागि २०६९ सालदेखि आवश्यक संरचना निर्माण गर्न थालियो ।

बाख्रा पालन गाईभैंसी पालन साथै अण्डाको लाग लेयर्स कुखुरा पालन गर्ने योजना बनाएर व्यावसायमा होमिदैगर्दा लुइँटेल दाजुभाइलाई त्यत्ति सहज थिएन । उत्पादिन बस्तुलाई बजार व्यवस्थापन दक्ष जनशक्तिको अभाव, वातावरणीय पक्षको खासै ज्ञान नभई सुरु गरिएकाले सुरुका दिनमा निकै चुनौती थियो विस्तारै अभाव र आवश्यकतालाई छिचोल्दै अगाडी बढेका यी दाजुभाइले निरन्तरको प्रयास पश्चात आज व्यावसायी बन्न सफल भएका छन् ।

रामधुनी ३ को पिप्राह नजिकै सुनसान वातावरणमा रहेको खेतको वीचमा व्यवस्थित संरचना बनाएर कुखुरा बाख्रा र गाई भँैसि पालिएको छ । त्यस व्यावसायमा लुईंटेल दाजुभाई बाहेक १७ जना कामदार दैनिक खटिरहेका हुन्छन् । केहीले गाई भैँसीको स्याहार सुसार गरिरहेका हुन्छन् , ,केहि ले बाख्राको सह्यार गरिरहेका हुन्छन् त कोहि कुखुरालाई दाना पानी दिन र अण्डा टिप्न व्यस्त हुन्छन् । करिव १ बिघा क्षेत्रफलमा बनेको संरचनामा ६ हजार लेयर्स कु खुरा, १ सय बाख्रा खसि र ५० गाई भैँसी रहेको देख्न सकिन्छ ।

सुन्दा पशु एकैठाउँमा सुनिएपनि यसको व्यवस्थान भने छुट्टा छुटै गरिएको छ । हेर्दा मनोरम देखिने यो दृष्य लुइँटेल दाजुभाइको करिव १२ बर्ष भन्दा माथिको मेहनतले तय गरेको हो ।
बिभिन्न कालखण्डमा बिभिन्न विपत्तीहरुको सामना गर्दैै यत्ति लामो समय पार गरिरहँदा लुइँटेल दाजुभाइको ओठमा मुस्कान देखिन्छ । आज अण्डा उत्पादनबाट मासिक ६ लाख भन्दा बढि आम्दानी हुँदै गर्दा गाई भैँसीबाट भने सोचेजस्तो मुनाफा नभएको उनिहरुको अनुभव छ ।
छोटो समयमा सानो लगानीबाट परनिर्भर ताका साथ व्यावसाय सुरु गरेर व्यासायबाटै पलायन भइरहेको अवस्थामा आफ्नो केहि जेथो सहित सुरु भएको उनिहरुको व्यवसायले भने निकै सन्तुष्टि दिएको छ ।

साधारण गाउँघरमा पशुपालनको अनुभव भएका लुइँटेल दाजुभाई आफ्नो व्यवसायलाई सफल पार्न उन्नत जातका गाई भैँसी भारत लगायत अन्य देशबाट आयात गरेका छन् । एउटा गाईले दैनिक ३२ लिटरसम्म दुध दिने गरेको भाइ जिवन लुइँटेल बताउँछन् ।
तर नेपाल सरकारले व्यावसायिकता तर्फ उन्मुख गराउने नीति कागजमै सिमित हुँदा आफुले उत्पादन गरेको बस्तुले बजार नपाउने समस्या भने कायमै छ । सरकारले तोकिदिएको दुधको मूल्यभन्दा दश पन्ध्र रुपैँया कममै बेच्नुपर्ने बाध्यता कायमै छ ।

कृषिको नाम बेचेर राज्य कोषको ठुलो रकम ठग दलालको हातमा परिरहँदा यत्ति लामो व्यावसाय गर्दै आएका लुइँटेल दाजुभाइले अहिले सम्म कुनै किसिमको सेवा सुविधा पाएका छैनन् । बास्तविक किसानको पहिचान नभई स्थानीय तहदेखि केन्द्रसम्मका राजनितिक व्यक्तित्वका आफन्त पोस्ने काम भइरहँदा आफु वास्तविक किसान भएता पनि बिभिन अवस्थामा आफुले बिभिन्न ठाउँमा आवेदन पेश गरेता पनि अहिले सम्म राज्यको कुनै पनि नजरमा नपरेको उनिहरुको दुखेसो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.