इटहरी । रामधुनी नगरपालिकाको वडा नम्बर १ स्थित झुम्कामा जारी रामधुनी महोत्सवमा आज गायिका अनु चौधरी आउने भएकी छन् ।
असार ५ गतेसम्म चल्ने महोत्सवमा शनिवार चौधरीले मनोरन्जन प्रदान गर्ने आयोजक रामधुनी युवा क्लवले जनाएको छ ।
चर्चित गायिका अनुु चौधरीले रामधुनी महोत्सवमा
थारु, भोजपुरी, नेपाली भाषाको सुुमुधुर गीत गाएर मनोरन्जन दिने बताइएको छ । चौधरीले ‘बोले चुरी बोले कंगना……….। ’ ‘सजना मोर आइगी न खुसीके लै के बहार…….ए होर माया…….. ‘दिन गीन गीन‘…………‘मन लागेना अब बिन तोहार……….लगायत का गीत चर्चित छन् ।
महोत्सवको आठौ दिन प्रत्यक्ष रुपले संगीतमय बनाउने चौधरीले महत्वपुर्ण भुमिका खेल्ने व्यवस्थापन संयोजक विनोद चौधरीको भनाइृ छ । महोत्सवमा कलाकारको प्रस्तुतीमात्रै नभएर स्थानीय उत्पादनलाई जोड दिन स्टलको बुकिङ्ग समेत खुल्ला गरिएको छ । जेष्ठ १९ गतेबाट सुरु भएको महोत्सव असार ५ गते सम्म चल्ने छ ।
रामधुनी महोत्सवमा आज गायिका अनुु चौधरी आउने
